Saturday, November 29, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

इनरुवामा ब्राउन सुगरसहित तीन जना पक्राउ, लागूपदार्थ कारोबार बढ्दो

by reporter
साउन २२, २०८२
0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सार्वजनिक पार्किक स्थल कब्जा गरेर ब्यापारिक कारोवार

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवामा लागूपदार्थ ब्राउन सुगरसहित तीन जना युवा पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८२ साउन १९ गते इनरुवा नगरपालिका–४ स्थित बसपार्क चोकबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू सखुवागाछी तर्फ पैदल गइरहेका बेला चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लागूऔषध फेला परेको हो । पक्राउ परेकामध्ये दुई जना सुनसरी र एक जना धनकुटाका हुन् ।
पक्राउ पर्नेमा धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–६ निवासी २७ वर्षीय सुरेश राई, सुनसरीको रामधुनी नगरपालिका–५ का २५ वर्षीय निरज खड्का र इटहरी उपमहानगरपालिका–१७ निवासी १८ वर्षीय मोहमद मुख्तार रहेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुरेश राईको साथबाट २.७२ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ भने मोहमद मुख्तारको साथबाट १.३९ ग्राम लागूपदार्थ फेला परेको छ । निरज खड्कासँग तत्कालीन अवस्थामा लागूपदार्थ फेला परेको विवरण सार्वजनिक गरिएको छैन, तर अनुसन्धानको दायरामा उनी पनि रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि इनरुवा क्षेत्रमा लगातार लागूपदार्थ सम्बन्धी घटनाहरू घटिरहेका छन् । प्रहरी स्रोतका अनुसार साउन महिनामै मात्रै इनरुवा क्षेत्रमा आधा दर्जनभन्दा बढी लागूपदार्थ कारोबारी पक्राउ परिसकेका छन् । यसले इनरुवा पछिल्लो समय ब्राउन सुगर लगायतका लागूपदार्थ कारोबारको मुख्य थलो बन्दै गएको संकेत दिएको छ ।
सुनसरी प्रहरीले लागूपदार्थ नियन्त्रण अभियानलाई सशक्त रुपमा अघि बढाइरहेको बताउँदै आए पनि इनरुवा लगायतका क्षेत्रमा लागूपदार्थ प्रयोग तथा कारोबार बढ्दै जानु चिन्ताजनक विषय बनेको छ । यसले युवावर्गको भविष्यमा गम्भीर असर पार्ने भएकाले प्रहरी प्रशासनसँगै स्थानीय तह र समाजका सबै पक्षले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।
त्यस्तै सुनसरीको कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गबाट लागू औषध ब्राउन सुगरसहित एक जना युवक पक्राउ परेका छन् । सोमबार गते राति ८ः४५ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा लागू औषधसहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बा.प्र.०३–००१ ख २९९६ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा मोरङ जिल्ला केराबारी गाउँपालिका–८ निवासी २८ वर्षीय बालकुमार पाण्डेको हाफ पेन्टको दाहिने गोजीमा लुकाई छिपाई राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने ४४.३९ ग्राम लागू औषध फेला परेको थियो ।
पक्राउ परेका पाण्डेलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

Tags: brawn suger in inaruwa

Related Posts

suman thapa
अपराध

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

by reporter
कार्तिक १८, २०८२
0

इनरुवा । इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई इलाका प्रहरी कार्यालय...

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
अपराध

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

by reporter
कार्तिक ५, २०८२
0

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय भन्टावारीबाट...

parking kabja
अपराध

सार्वजनिक पार्किक स्थल कब्जा गरेर ब्यापारिक कारोवार

by reporter
अशोज २८, २०८२
0

इनरुवा । सुनसरी सरदरमुकाम इनरुवा वडा नम्बर ४ बसचौकमा रहेको सार्वजनिक पार्किङ्ग स्थललाई कब्जा गरेर...

Juwa, sunsari

लौकहीबाट जुवा खेलिरहेका ७ जना पक्राउ

अशोज २२, २०८२
motorcycle chor

इनरुवामा मोटरसाइकल चोर्ने भारतीय पक्राउ

अशोज ८, २०८२
रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, १० जना घाइते

रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईको मृत्यु, १० जना घाइते

अशोज २, २०८२

Discussion about this post

ताजा समाचार

ramjanaki rathyatra, inaruwa

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
उच्च ओहोदामा पुगेका इनरुवालेलीलाई नगरपालिकाको सम्मान

उच्च ओहोदामा पुगेका इनरुवालेलीलाई नगरपालिकाको सम्मान

मंसिर १, २०८२
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य

खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य

कार्तिक २६, २०८२
suman thapa

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

कार्तिक १८, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana