इनरुवा । इनरुवा क्षेत्रबाट मोटरसाइकल चोर्ने गिरोहका एक जना पक्राउ परेका छन ।
मंगलबार इनरुवा–३ मा मोटरसाइकल चोरी गर्ने क्रममा भारत सुपौलका २५ वर्षीय प्रकाश कुमार रंगेहात पक्राउ परेका हुन ।
स्थानीय कोमल दत्तको को.२९ प.४६९६ नं. मोटरसाइकल चोरी गर्ने क्रममा समातिएका उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन । नियन्त्रणको क्रममा कुटपिट हुँदा घाइते बनेका उनको जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको बताइएको छ ।
यहाँबाट चोरिएका मोटरसाइकल केही किलोमिटर पर रहेको नेपाल–भारत सीमा पार गरेर भारतीय बजारमा विक्री गर्ने गरिन्छ । त्यहाँ पुरानो मोटरसाइकल भए स्थानीय ग्यारेजवालालाई विक्री गरिन्छ भने नयाँ र महंगो मोटरसाइकल भए धनीसम्म सम्पर्क गरेर फिरौती बापत केही रकम लिएर फिर्ता दिने गरिन्छ ।
दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्
इनरुवा । इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई इलाका प्रहरी कार्यालय...















Discussion about this post