सुनसरी । सुनसरी कोशी गाउँपालिकामा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी गाउँपालिका–१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जना छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्
इनरुवा । इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई इलाका प्रहरी कार्यालय...















Discussion about this post