Monday, September 1, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

हर्बल मार्केटिङको आडमा यौन शोषणः १२ बालबालिकाको उद्धार, दुईजना पक्राउ

by reporter
असार ५, २०८२
0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

झुम्का कारागारका एक कैदीको मृत्यु

कल्भर्ट निर्माण गुणस्तहिन भएको भन्दै स्थानीयले कुटे ठेकेदारका मान्छे

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको एक होटलमा तीन दिनदेखि बन्धक बनाइएका १२ जना किशोरीहरुलाई प्रहरीले उद्धार गरेको छ । काममा लगाइदिने भनी अनलाइनबाट आवेदन दिएर आएका किशोरीहरुलाई बन्धक बनाई दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा किशोरीहरुको उद्धार गरेको हो ।
उनीहरूमध्ये २ जना नाबालिका समेत रहेका छन् । इलाका प्रहरी कार्यालय, मानव अधिकारकर्मी, भ्वाइस अफ चिल्ड्रेन लगायतका सामाजिक संस्थाहरूको सक्रियतामा बन्धक बनाएर राखिएका बालिका तथा किशोरीहरूलाई मंगलबार उद्धार गरिएको इलाका प्रहरी कार्यालयका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
उद्धार गरिएकामध्ये दुई जना नाबालिका रहेकोले स्वास्थ्य परीक्षण गरेर सुरक्षित स्थानमा राखिएको छ भने बाँकी अन्यलाई सोही होटलमा प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ । इटहरी उपमहानगरपालिका–९ बसपार्क क्षेत्रस्थित बन्दना होटलको एउटै कोठामा बन्धक बनाइएका राखिएका बालिका तथा किशोरीहरूलाई उद्धार गरिएको बालअधिकारकर्मी भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेशका प्रमुख भरत थापाले जानकारी दिए ।
सामाजिक संजालमा ब्लेस ग्लोबल इन्टरनेसनल नामक मार्केटिङ कम्पनीले मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म दिने विज्ञापन राखेकोले बालिकाहरू फारम भरेर नै यहाँसम्म आइपुगेको बताएका भ्वाइस अफ चिल्ड्रेन इटहरीको साइबर सेफ्टी परियोजनाका अधिकृत लिला भुजेलले जानकारी दिइन् ।
यसरी बालिकाहरूलाई जागिर लगाइदिने प्रलोभन देखाई ल्याइएका बालबालिकाहरूलाई यौन दुव्र्यवहार समेत गरेको भन्ने पीडित बालिकाहरूले बताएको अधिकृत भुजेलले बताएकी छिन् । उनका अनुसार उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ, भने परिवारलाई सम्पर्क गरी जिम्मा लगाइने तयारी भइरहेको छ ।
’दुई जना नाबालिका भएका कारणले स्वास्थ्य परीक्षण गरिएको छ, स्वास्थ्य परीक्षणको रिर्पोट आएपछि उनीहरूलाई पनि परिवारको जिम्मा लगाइने छ,’ उनले भनिन् ।
सुरुवातमा काठमाडौँमै एक महिना काम गरेर सुनसरीको इटहरीलाई केन्द्र बनाएर मार्केटिङ गर्न आएकामध्ये सिन्धुपाल्चोक घर भएकी २२ वर्षे युवतीले शरीर बन्धक बनाई यौन दुव्र्यवहार गरेको भनी प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
होटलमा राखेर बालबालिकालाई बन्धक बनाएको र यौन दुव्र्यवहारसमेत गरेको अभियोगमा वेल्सका मार्केटिङ म्यानेजरको रूपमा कार्यरत ओखलढुङ्गा खिजीदेम्बा गाँउपालिका–१ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलु नेचाकी २२ वर्षे टीका कट्टेललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको डीएसपी भण्डारीले जानकारी दिए ।
बालबालिकाहरूलाई काममा लगाउने ब्लेस ग्लोबलका बारेमा समेत अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।

Tags: bandhak crimedistict police officesunsari

Related Posts

suman thapa
अपराध

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

by reporter
भदौ १२, २०८२
0

इनरुवा । इनरुवा नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा विरुद्ध अंगभंगको फौजदारी अभियोगमा...

Jhumka-Karagar
अपराध

झुम्का कारागारका एक कैदीको मृत्यु

by reporter
भदौ ४, २०८२
0

इनरुवा । सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारका क्रममा मृत्यु भएको छ ।...

अपराध

कल्भर्ट निर्माण गुणस्तहिन भएको भन्दै स्थानीयले कुटे ठेकेदारका मान्छे

by reporter
साउन ३१, २०८२
0

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–२ मा पुल निर्माणको गुणस्तर विवाद चर्किँदा स्थानीय उपभोक्ताद्वारा ठेकेदारमाथि कुटपिट...

chori inaruwa

इनरुवामा दिउँसै चोरको आतंकः सुनसरी सदरमुकाममै असुरक्षा

साउन २९, २०८२

इनरुवामा ब्राउन सुगरसहित तीन जना पक्राउ, लागूपदार्थ कारोबार बढ्दो

साउन २२, २०८२

इनरुवालाई प्रयोग गरेर लागुऔषधको कारोवार बढ्दै

साउन १४, २०८२

Discussion about this post

ताजा समाचार

suman thapa

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

भदौ १२, २०८२
inaruwa swarojgar

इनरुवा नगरपालिकाको सिपमूलक तालिम स्वरोजगारको बाटो खोल्दै

भदौ १०, २०८२
CPN-UML-Sunsari-

सुनसरी एमाले अध्यक्षमा पर्शुराम यादव चयन

भदौ १०, २०८२
Jhumka-Karagar

झुम्का कारागारका एक कैदीको मृत्यु

भदौ ४, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana