Monday, April 13, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

इनरुवा ६ का वडाध्यक्षविरुद्ध फौजदारी अभियोगमा मुद्दा दर्ता

मुद्दादर्तासँगै पद निलम्बन, निलम्बनपछि पनि पद प्रयोग

by reporter
भदौ १२, २०८२
suman thapa

suman thapa

0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

रास्वपाका उम्मेदवार लालविक्रमको अभिव्यक्तिले इनरुवा, देवानगञ्ज र रामधुनीमा तरङ

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

इनरुवा । इनरुवा नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा विरुद्ध अंगभंगको फौजदारी अभियोगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको छ । तर, निलम्बनको मितिपछि पनि उहाँले वडाध्यक्षकै हैसियतमा काम गरेको तथ्य सार्वजनिक भएको छ ।
२०८१ साल फागुण २२ गते साँझ चतराबाट कान्छीचोक तर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको निशान कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्नु भएकी देविका खनाल गम्भीर घाइते हुन भएको थियो । प्रारम्भिक उपचार विराट नर्सिङ होममा भएपछि उहाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अति संवेदनशील कक्षमा भर्ना गरिएको छ । छ महिनादेखि उहाँको अवस्था गम्भीर नै छ र घाउमा सुधार आएको छैन ।
दुर्घटना लगत्तै पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गर्न खोज्दा अस्वीकार गरिएको थियो । पीडित पक्षले पटक पटक विभिन्न निकायमार्फत जाहेरी दर्ता गर्ने प्रयास गरेपनि प्रहरीले नमान्दा दर्ता हुन नसकेर पीडितहरु थप पीडामा लामो समयसम्म रहेका थिए ।
अन्तिममा पीडितहरुले हुलाकमार्फत पठाइएको जाहेरी पनि लामो समयसम्म दर्ता नगरी प्रहरीले थन्काएको थियो । त्यसपछि पीडित पक्षले उच्च अदालतमा निवेदन दिनु परेको हो । अदालतले भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि प्रहरी सक्रिय भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाका अनुसार साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते पक्राउ पुर्जी जारी भएको छ । उहाँले आफूहरुले सुमन थापाविरुद्धको मुद्दामा उनको पहिचानको लागि प्रशासनलाई पत्र पठाएको जानकारी दिदै कानूनअनुसार पक्राउ पुर्जी जारी भएको ब्यक्ति सुमन थापा वडाध्यक्ष हुन कि होइन भन्ने विषयमा अनभिज्ञ रहेको बताउनुभयो । यद्यपि उहाँले सार्वजनिक पद धारण गरेको ब्यक्ति भए मुद्दा दर्ता भएको अवस्थामा स्वतह पद निलम्बन हुने बताउनुभयो ।
पीडितको तर्फबाट उच्च अदालत विराटनगरमा भएको रिट निवेदन सुनवाईमा सहभागि भएका अधिवक्ता बसन्त सुवेदीले अदालतको आदेशपछि मात्रै प्रहरीले जाहेरी दर्ता गर्न सक्रियता देखाउनुले प्रहरी यो विषयमा संवेदनशिल नदेखिएको दावी गर्नु भयो ।
उहाँले उच्च अदालतको आदेशपछि प्रहरीले उच्च अदालतलाई जाहेरी दर्ता भएको र सोहीअनुसार मुद्दा समेत दर्ता भई पक्राउ पुर्जी जारी गरेको जवाफ दिएको थियो ।
उहाँले सवारी अंगभंगको मुद्दा फौजदारी मुद्दा भएकोले सो मुद्दा परेपछि सार्वजनिक पद धारण गरेको ब्यक्ति कानूनअनुसार स्वतह निलम्बन हुने ब्यवस्था रहेको जानकारी दिनु भयो ।
कानुनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएलगत्तै पद स्वतः निलम्बन हुने भएपनि वडाध्यक्ष थापाले भदौको पहिलो सातासम्म वडाध्यक्षकै हैसियतमा कार्यालय सञ्चालन गरेको वडा कार्यालय स्रोतले जनाएको छ । त्यसपछि मात्र उहाँले वडा सदस्य कृष्ण श्रेष्ठलाई कार्यवाहक जिम्मेवारी दिएर उपचारका लागि काठमाडौँ गएको जानकारी नगरपालिकाले दिएको छ । थापाले भदौ ८ गते सदस्य श्रेष्ठलाई कार्यवाहक दिएका थिए ।
इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले मुद्दा दर्ता र निलम्बनबारे कुनै निकायबाट औपचारिक जानकारी नआएको बताउनुभयो । उहाँले औपचारिक रुपमा पत्र आएपछि सोहीअनुसार कानूनी प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो । उहाँले वडाध्यक्ष आइतवारमात्रै कार्यवाहक दिएर गएको जानकारी दिदै यति मुद्दा दर्ता भएर पद निलम्बन भएको भए निलम्बनको मितिदेखिका यता उनले गरेको सबै काम बदर हुने बताउनुभयो ।
नगर प्रमुख केदार भण्डारीले अहिलेसम्म वडाध्यक्ष थापाविरुद्ध फौजदारी अभियोगमा अदालतमा मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको विषयमा आफूलाई कुनै औपचारिक जानकारी नभएको उल्लेख गर्दै औपचारिक पत्र आएपछि मात्र कानुनअनुसार कारबाही अघि बढाइने प्रतिक्रिया दिएका छन् ।
कानुनले प्रहरीलाई मुद्दा दर्ता भएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराउने र पक्राउ सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ । तर, जिल्ला प्रहरी कार्यालय भन्दा तीन किलोमिटरको दुरीमा रहेको वडा कार्यालयमा वडाध्यक्ष थापा भदौ ८ गते आइतवारसम्म कार्यरत रहँदासमेत पक्राउ नगरेको घटना र जाहेरी दर्तामा गरेको ढिलाई लगायतको कारण प्रहरीको नियतमा गंभिर आशंका उत्पन्न भएको पीडितहरु बताउँछन तर प्रहरी स्रोत भने घटनामा उच्च राजनीतिक दवावका कारण घटना सक्रियाता देखाउन नसकेको बाध्यता पोख्दछ ।

Tags: inaruwa munsuman thapawadadhakcha inaruwa 6

Related Posts

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’
अपराध

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

by reporter
चैत्र ५, २०८२
0

इनरुवा । भारतको बिहार राज्यमा विद्युत् कार्यालयका एक उच्च अधिकारीमाथि छापा मार्दा नेपालसँग जोडिएको सञ्जाल...

lal bikram
अपराध

रास्वपाका उम्मेदवार लालविक्रमको अभिव्यक्तिले इनरुवा, देवानगञ्ज र रामधुनीमा तरङ

by reporter
फाल्गुन १४, २०८२
0

इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुनसरीका उम्मेदवारहरू एकपछि अर्को विवादास्पद अभिव्यक्तिका कारण आलोचनामा...

laukahi firing
अपराध

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

by reporter
पुस १७, २०८२
0

इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी...

police nirikshan, sunsari

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

मंसिर २५, २०८२
सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

मंसिर २३, २०८२
suman thapa

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

कार्तिक १८, २०८२

Discussion about this post

ताजा समाचार

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

चैत्र ५, २०८२
हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

चैत्र १, २०८२
rakcha rai chunabi kharcha

सुनसरी १ मा उठेका रक्षकुमारको साढे ४० हजार चुनावी खर्च

फाल्गुन २७, २०८२
Bus-ma-aaglagi-dharan

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

फाल्गुन २७, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana