इनरुवा । इनरुवा नगरपालिकाले सञ्चालन गरेको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत प्रदान गरिएको सिपमूलक तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगार बन्न प्रेरित गरेको छ । तालिम लिएका व्यक्तिहरूले आफ्ना व्यवसाय सुरु गरी आत्मनिर्भरताको नयाँ आयाम स्थापना गरेका छन् । सोमबार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र उपमेयर विनिताकुमारी मेहताले दुई नयाँ व्यवसायको उद्घाटन गरेर यो प्रयासलाई थप प्रोत्साहन दिएका छन् ।
इनरुवा–२ की इश्वरा थापा भण्डारीले ब्यूटीसियन एडभान्स तालिमको फाइदा उठाउँदै ‘इश्वरा ब्यूटी पार्लर एण्ड कस्मेटिक’ सञ्चालनमा ल्याएकी छन् । यो पार्लरले श्रृंगार प्रसाधनको बिक्रीसँगै सौन्दर्य सेवा प्रदान गर्नेछ । त्यस्तै, इनरुवा–२ की सुमित्रा उराँवसहित तीन जनाले नगरपालिकाको तीन महिने फास्टफुड तालिमपछि ‘रबी खाँजा घर’ सञ्चालन गरेका छन् । यी दुवै व्यवसायको उद्घाटनमा मेयर भण्डारी र उपमेयर मेहताले सहभागिता जनाउँदै शुभकामना व्यक्त गर्नुभयो ।
नगरपालिकाले व्यवसाय सञ्चालनमा थप सहयोग गरेको छ । ब्यूटी पार्लरका लागि आवश्यक सामग्री र खाँजा घरका लागि चुल्हो तथा भाँडाकुँडा उपलब्ध गराइएको छ ।
मेयर भण्डारीले भने, “राज्यले तालिममा गरेको लगानी यी व्यवसायको सुरुवातसँगै सफलताको चरणमा प्रवेश गरेको छ । हामीले थप सहयोग र साथ दिँदै यो अभियानलाई अगाडि बढाउँछौं ।”
उहाँले तालिम लिएर स्वरोजगार बनेका व्यक्तिहरूले अरू बेरोजगारलाई प्रेरणा दिएको बताउँदै चालू आर्थिक वर्षमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।
भण्डारीले यी उद्यमीहरूलाई उदाहरणीय भन्दै थप सशक्तीकरणको योजना रहेको बताउनुभयो । तालिमले न केवल आर्थिक स्वतन्त्रता दिएको छ, बरु महिलाहरूलाई सामाजिक निर्णयमा सहभागी बनाएको छ ।
यो प्रयास इनरुवा नगरपालिकाको लघु उद्यम विकास कार्यक्रमको निरन्तरता हो, जसले गत वर्ष १७ लाख रूपैयाँ खर्चेर ६० नयाँ उद्यमी सृजना गरेको थियो भने २० जनाको दक्षता अभिवृद्धि गरेको थियो । सपना धिमालदेखि कविता परियार, रेनु मेहता, ज्योति खवास, कविता खवास, सरस्वती ठाकुरलगायत १२ महिलाले तालिमको फाइदा उठाउँदै ब्यूटी पार्लर, टेलरिङ, फुटवेयर जस्ता व्यवसाय सञ्चालन गरिसकेका छन् । ‘ऋद्धिसिद्धी मेकअप जोन’ जस्ता संयुक्त पहलले समुदायमा सकारात्मक प्रभाव पारेको छ ।
नवउद्यमी इश्वरा थापाले भन्नुभयो, “सिप र आत्मविश्वासले हामीलाई नयाँ उचाइमा पु¥याएको छ ।” यस्ता प्रयासले इनरुवालाई स्वरोजगारको मोडलका रूपमा स्थापित गर्न सक्छ, यदि नगरपालिकाले यसलाई फराकिलो बनाएर अघि बढाउँछ भने ।
प्रमुख दलहरूले सुनसरीमा उम्मेदवार टुङ्ग्याए, कांग्रेसबाट तामाङ, कोइराला, गच्छदार र कार्की
सुनसरी । आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले सुनसरी जिल्लामा आफ्ना सम्भावित उम्मेदवारहरू लगभग...















Discussion about this post