Friday, February 6, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

जिल्ला प्रशासन कार्यालयमा निर्वाचन तयारीबारे राजनीतिक दलहरुसँग छलफल

थप पाँच स्थानमा मतदान स्थल स्थापनाको लागि समिति गठन

by reporter
कार्तिक १, २०८२
dal sanga chalfal

dal sanga chalfal

0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

कमजोर आँकलनमा परेका तर दह्रो जग भएका सुनसरी–२ का स्वतन्त्र उम्मेदवार इकवाल अहमद

प्रमुख दलहरूले सुनसरीमा उम्मेदवार टुङ्ग्याए, कांग्रेसबाट तामाङ, कोइराला, गच्छदार र कार्की

सशस्त्र प्रहरीको मेची–महाकाली झण्डा मार्चा सुनसरी आइपुग्यो

सुनसरी । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा राजनीतिक दलहरुसँग छलफल सम्पन्न भएको छ । निर्वाचनको समग्र वातावरण निर्माण, मतदाताको पहुँच र सहभागितालाई सुनिश्चित गर्न विविध सुझाव र प्रस्तावहरू राखिएका छन् ।
बैठकमा सहभागी दलका प्रतिनिधिहरूले राष्ट्रिय सहमति बिना जेनजीलाई प्रमुखतामा राखी चुनाव गर्नु देशका लागि दुर्भाग्यपूर्ण कदम हुने बताएका छन् । उनीहरूले राजनीतिक सहमति र आपसी विश्वासका आधारमा मात्रै निर्वाचनको मिति र प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै बैठकमा बिदेशमा रहेका नेपाली श्रमिक (अन्नदाता) हरूलाई निर्वाचनमा अनिवार्य रूपमा सहभागी गराउने व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ । प्रविधिको युगमा पोष्टल वा अनलाइन भोटिङ प्रणाली अब मूलभूत आवश्यकता भएको सहभागीहरूको भनाइ थियो ।
निर्वाचन क्षेत्रका भौगोलिक कठिनाइका विषयमा पनि छलफल भएको थियो । सुनसरीको गढी–६ मा एउटा बुथबाट अर्को बुथसम्म लामो दूरी रहेको र त्यसको सहजीकरणका लागि निर्वाचन आयोगलाई ध्यानाकर्षण गराइएको छ । साथै, बराहक्षेत्र–६ र ९ मा पर्ने श्रीलंका टापु (गोरैया) का बासिन्दा विगतदेखि नै मतदानबाट वञ्चित हुँदै आएका भन्दै सो स्थानमै स्थायी मतदान केन्द्र स्थापना गर्न आग्रह गरिएको छ ।
सुनसरीमा अगामि प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच स्थानमा मतदान केन्द्र आवश्यक रहेको सरोकारबालाले जोड दिएका थिए ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीको आयोजनामा भएको मतदान स्थल तथा मतदान निर्धारण विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले थप पाँच स्थानमा मतदान केन्द्र थप्नु गर्नुपर्ने सुझाव दिएका हुन । जिल्ला निर्वाचन कार्यालयलाई सात हजार बढी मतदाता रहेको धरानको २ वटा वडा, इटहरीको दुई वटा वडा र बराहक्षेत्र नगरपालिकाको श्रीलंका टाप्पुमा एउटा गरि पाँच वडामा गरि पाँच स्थानमा मतदान केन्द्र आवश्यक रहेको सुझाव दिएको नेपाली कांग्रेसका सभापति केदार भण्डारीले जानकारी दिए ।
कार्यक्रममा सरोकारबालाहरु सहितको उपस्थितीमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ को दफाः १० (क) बमोजिम मतदान स्थल मतादान केन्द्र तोक्ने कार्यको संयोजन र समन्वय गर्न जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा जिल्ला स्थित सुरक्षा निकायका सबै प्रतिनिधिहरु र सम्बन्धित वडा सचिव समेत रहने गरी उपसमिति बनाउने निणर्य गरेको छ ।
समितिले थप गर्नुपर्ने मतदान स्थलको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले जानकारी दिए । सुनसरीमा हाल १६६ स्थानमा मतदान केन्द्र रहेको छ ।
यसैगरी, मतदाता नामावली अद्यावधिकका क्रममा नागरिकले पालिकामै गएर नयाँ नाम दर्ता गर्न सक्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।
बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारी सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न दलका जिल्ला तथा नगर तहका नेताहरूको सहभागिता रहेको थियो । तर नेकपा (एमाले) का प्रतिनिधिहरू बैठकमा उपस्थित रहेका थिएनन् ।
एमालेका जिल्ला सचिव राम कोइराला ले पार्टी कार्यव्यस्तताको कारण बैठकमा सहभागी हुन नसकेको बताए । उनले भने, “जानकारी आएको थियो, हामी जान पनि तयार थियौँ तर कार्य व्यस्तताले जान सकेनौँ । नेकपा एमाले चुनावबाट पछि हट्दैन, तर निर्वाचनको वातावरण बन्नु अत्यावश्यक छ ।”
बैठकले निर्वाचन आयोग र सम्बन्धित निकायहरूलाई आवश्यक समन्वय र तयारी तीव्र बनाउन आग्रह गरेको छ ।

Tags: election 2082sunsari

Related Posts

ikbal ahamad
समाचार

कमजोर आँकलनमा परेका तर दह्रो जग भएका सुनसरी–२ का स्वतन्त्र उम्मेदवार इकवाल अहमद

by reporter
माघ १८, २०८२
0

इनरुवा । तीन दशकदेखि सुनसरीको सदरमुकाम इनरुवालाई केन्द्र बनाएर निरन्तर पत्रकारिता गर्दै आएका इकवाल अहमद...

nepali congress
समाचार

प्रमुख दलहरूले सुनसरीमा उम्मेदवार टुङ्ग्याए, कांग्रेसबाट तामाङ, कोइराला, गच्छदार र कार्की

by reporter
माघ ७, २०८२
0

सुनसरी । आसन्न निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले सुनसरी जिल्लामा आफ्ना सम्भावित उम्मेदवारहरू लगभग...

jhanda march
समाचार

सशस्त्र प्रहरीको मेची–महाकाली झण्डा मार्चा सुनसरी आइपुग्यो

by reporter
पुस २५, २०८२
0

इनरुवा । सशस्त्र प्रहरीले सीमा पिल्लरको संरक्षण र अनुगमनसहितको उद्देश्यले थालेको पूर्व–पश्चिम झण्डा मार्चा बिहीबार...

gyanendra bahadur karki

सुनसरी क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीको एकल नाम सिफारिस हुने सम्भावना बलियो

मंसिर २५, २०८२
jilla-prahari-karyalaya-sunsari

सुनसरीका प्रहरी प्रमुख फेरिए, तिम्सिनाको ठाँउमा थेवे आउँदै

अशोज २, २०८२
inaruwa swarojgar

इनरुवा नगरपालिकाको सिपमूलक तालिम स्वरोजगारको बाटो खोल्दै

भदौ १०, २०८२

Discussion about this post

ताजा समाचार

ikbal ahamad

कमजोर आँकलनमा परेका तर दह्रो जग भएका सुनसरी–२ का स्वतन्त्र उम्मेदवार इकवाल अहमद

माघ १८, २०८२
sujan-dwarik

सुनसरी २ मा चुनावी कमाण्डर फेरेर आक्रामक चुनावी मैदानमा एमाले

माघ १७, २०८२
uml nirwachan parichalan

सुनसरी एमालेका उम्मेदवारलाई जिताउन केन्द्रीय नेतृत्वको संयोजकत्वमा जम्बो निर्वाचन परिचालन कमिटी परिचालित

माघ १५, २०८२
lalbikram ujuri

सुनसरी २ का रास्वपा उम्मेदवारविरुद्धको उजुरी खारेज

माघ ९, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana