इनरुवा । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लाका सबै सरकारी कार्यालयहरुमा विचौलिया विना सेवाग्राहीहरुको सहज पहुँच पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
शुक्रवार जिल्लाका सञ्चारकर्मीहरुसँगको अन्र्तक्रियामा उनले भने, ‘सेवाग्राहीहरुको कार्यालयमा सहज पहुँच भएन भने त्यहाँ अपारदर्शितासँगै भ्रष्टाचार बढ्ने र नागरिकले अनावश्यक रुपमा सास्ती बेहोर्नु पर्छ । त्यसैले मेरो कार्याकालमा सबै सेवाग्राहीहरुको सोझो पहुँच पु¥याउन काम गर्छु ।’
प्रजिअ मिश्रले जिल्लाका केही कार्यालयहरु धेरै जनसम्पर्कको कार्यालय भएपनि विचौलियाको सेवा विना सेवाग्राहीले काम गर्नै नसक्ने अवस्थाले बेथिति मौलाएको भन्दै त्यस्ता कार्यालयमा माथि निगरानी थालिएको र त्यस्तो अवस्था सृजना गर्नेहरु छिट्टै कारवाहीको दायरामा तानिने बताए ।
आफू सुनसरी आएसँगै राहदान, नागरिकता र राष्ट्रिय परिचय पत्र लगायका सेवाहरुमा रहेको विचौलियाको सेण्डिकेट तोडेको जानकारी दिदै अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सेवा लिन आउने सेवाग्राहीहरुले कुनैपनि किसिमको विचौलियाको साथ लिनु पर्ने स्थितिको अन्त्य भएको बताए ।
उनले भने, ‘नागरिकले निःशुल्क पाउनु पर्ने र कर्मचारीले दिनु पर्ने सेवाको बिचमा रहेर बिचौलियाहरुले चलखेल गरिरहेका थिए । अहिले सेवाग्राहीको सम्पूर्ण काम कार्यलयका कर्मचारीबाटै हुन्छ । सरकारले लिने राजस्वबाहेकको सेवाग्राहीको कुनैपनि खर्च हुँदैन ।’
प्रजिअ मिश्रले सुनसरीको स्वास्थ्य क्षेत्रमा ब्यापक विकृती रहेको गुनासोहरु आएकोले त्यसलाई ब्यवस्थित गर्ने, बजार अनुगमनलाई नियमित गर्ने कामलाई अगाडि बढाउने गरी योजना बनाईरहेको जानकारी दिदै जिल्लाका प्रमुख सुरक्षा समस्या र नागरिकका समस्यालाई शुन्य सहनशिलताका साथ अन्त्य गर्न सिंगो सुरक्षा समिति लागेको बताए ।
उनले सुनसरीमा लागुपदार्थ र मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउँदा दुर्घटनाको ठूलो समस्या रहेकोले अहिले आफूहरुले यसलाई प्राथमिकतामा राखेर चेकजाँच अगाडि बढाएको बताए ।
उनले कोशी प्रोजेक्टको नाममा अनाधिकृत रुपमा भारतीय सवारी साधन सञ्चालन हुने गरेको स्थिति, सीमा नाकामा आउजाउ गर्नेहरुको इन्ट्री नहुने स्थिति, भारतीय पर्यटकहरुले सवारी चेकजाँचको नाममा अनावश्यक रुपमा दुःख पाइरहेको स्थिति, लागुऔषधको कारोवार जस्ता विषय समस्याको रुपमा रहेकोले त्यसलाई न्यूनिकरण गर्न योजना बनाएर अगाडि बढेको जानकारी दिदै जिल्लाका नागरिकहरुको समस्यासँगै सञ्चारक्षेत्रको समस्याको विषयमा सञ्चारक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो क्रममा सञ्चारकर्मीहरुले जिल्लाको समग्र सुरक्षा अवस्था, नागरिकहरुको समस्या लगायतको विषयमा प्रजिअ मिश्रसँग अन्र्तक्रियासमेत गरेका थिए ।
कार्यक्रममा प्रजिअ मिश्र, प्रहरी उपरिक्षक सुमन तिम्सिना, नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष काफ्ले, पत्रकारहरु राजेन्द्र पोखरेल, अजित झा, नसिम अन्सारी, विरेन्द्र साह लगायतकाको उपस्थिति रहेको थियो ।















Discussion about this post