Monday, February 17, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

कोशीबाट पूर्वराष्ट्रपतिको राजनीतिमा आउने स्पष्ट सन्देश

by reporter
माघ २४, २०८१
Former President Bidya Devi Bhandari

Former President Bidya Devi Bhandari

0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्न माघ १४ गते विराटनगर आएकी पूर्वराष्ट्रपति विद्या भण्डारी एक सातासम्म सुनसरी–मोरङमा व्यस्त भइन् ।

विराटनगरमा रहेको विग होटलको कोठा नम्बर २१४ मा बसेकी भण्डारीलाई भेट्न एमालेका नेता तथा कार्यकर्तामात्रै आएनन् । एमाले छाडेर अन्य पार्टीमा लागेका, पार्टी छाडेर चुपचाप बसेकासम्मले भेट गरे ।

याेपनि

सुनसरी एमालेको जरा केन्द्रीत तीन महिने अभियान सुरु

धनराज गुरुङ र ज्योतिलाई अमेरिकामा व्यवस्थापन गर्ने मोरङकी प्रज्ञा न्यौपानेमाथि पनि अनुसन्धानको माग

स्वास्थ्य विमा बोर्डले भुक्तानी नदिदा इनरुवा अस्पतालको सेवा प्रभावित

सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरसम्मबाट पूर्वराष्ट्रपतिलाई भेट्न आउनेको घुइँचोले विग होटलमा एक सातासम्म चहलपहल भयो । उनको भेटघाट र सुरक्षा प्रबन्ध मिलाउन सुरक्षाकर्मीलाई समेत हम्मे हम्मे प¥यो ।

उनलाई भेट्न एमालेका पार्टी कमिटीहरूमा ठाउँ नपाएका र संस्थापन पक्षबाट पेलानमा परेकाहरू बढी देखिन्थे । उनले बुद्धिजीवी, शिक्षा क्षेत्रमा लागेकाहरूसँग बढी भेटघाट गरिन् । पूर्वराष्ट्रपतिलाई भेट्न पार्टीमै रहेका महिला संघका नेता तथा कार्यकर्ताहरू बढी आए ।

विग होटलको बसाइमा सभामुख देवराज घिमिरेसम्मले पूर्व राष्ट्रपतिलाई भेटे । त्योबाहेक एकीकृत समाजवादी पार्टीका नेताहरूसँग भएको भण्डारीको भेटलाई समेत अर्थपूर्ण ढङ्गले हेरिएको छ । भण्डारीलाई भेट्न एकीकृत समाजवादीका नेता महेश रेग्मीसमेत होटल पुगेका थिए ।

विराटनगर बस्दा औपचारिक र अनौपचारिक कार्यक्रमको कार्यतालिका भने मदन भण्डारी प्रतिष्ठानका सचिव सोमराज थापाले मिलाएको देखिन्थ्यो । उनी एमाले मोरङको उपसचिव समेत हुन् । उनी पूर्वराष्ट्रपतिको हरेक कार्यक्रममा सहभागी भए । थापासँगै राष्ट्रपतिको अधिकांश कार्यक्रममा एमाले उपाध्यक्ष गुरु बराल पनि उपस्थित भए । उनी मदन भण्डारी प्रतिष्ठानका कारण राष्ट्रपतिसँग नजिक भएको मानिन्छ ।

एमालेको उपाध्यक्ष हुँदा राष्ट्रपति भएकी भण्डारीले इटहरीको एउटा कार्यक्रममा गुरु बरालले आफ्नो पदमात्रै नओगटेको भन्दै विचारसमेत बोकेको बताएकी थिइन् । देखिँदा थापा र बरालले राष्ट्रपतिसँगको भेटघाट मिलाएको देखिए पनि पर्दा पछाडिबाट भने एमाले नेता विनोद ढकाल भएको बुझ्न जो कोहीलाई गाह्रो थिएन ।

ढकाल तिनै नेता हुन् जो कुनै बेला एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्थे । तर एमाले कोशी प्रदेशको अध्यक्षको आकाङ्क्षी देखिएका ढकाललाई ओलीको समर्थन देखिएन । ओलीको समर्थन पाएका घनश्याम खतिवडा प्रदेश अध्यक्षमा निर्वाचित भए ।

स्यमं ढकालले भने आफूले पूर्वराष्ट्रपतिसँगको भेटघाटमा चाँजो पाँजो मिलाएको स्वीकार गरेनन् । उनले भने, ‘मैले उहाँलाई भेटेको हो । उहाँको कार्यक्रमको तालिका भने मदन भण्डारी प्रतिष्ठानको संरक्षक भएकाले प्रतिष्ठानले नै बनाएको हो ।’

एक साता बसाइको सूत्रधार दंगाल

इटहरीमा रहेको जनता माध्यमिक विद्यालयको भवन उद्घाटन गर्न व्यवस्थापन समितिका अध्यक्ष हुन् काशीनाथ दङ्गाल । उनी एमाले इटहरी उपमहानगर कमिटीका पूर्वसचिव हुन् । इटहरी एमालेको कार्यालय सचिव हुँदै नगर कमिटीको सचिव बनेका दङ्गाल अहिले पार्टीभन्दा विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हिसाबले सक्रिय छन् । उनै दंगालले पूर्वराष्ट्रपति भण्डारीलाई विद्यालयको भवन उद्घाटन गर्न आग्रह गरेका थिए ।

सुरुमा फोनमार्फत कुरा गर्दा सल्लाह गरौंला भन्ने जवाफ फर्काएकी पूर्वराष्ट्रपतिले ईमेल गरेको ४ दिनपछि उद्घाटन कार्यक्रममा आउन ‘कन्फर्म’ गरिन् ।

भण्डारी इटहरी आउने थाहा पाएपछि १६ गतेका लागि मोरङको बुढीगङ्गामा चुडाकवि प्रतिष्ठानले आयोजना गर्ने जिल्लास्तरीय वादविवाद प्रतियोगितामा सहभागी हुने कार्यक्रम तय भयो । सो कार्यक्रमको आयोजना रिता न्यौपानेले गरेकी हुन् । उनी यसअघि एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । ७९ को निर्वाचनमा एमालेका तर्फबाट मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी थिइन् ।

जनता स्कुल र चुडाकवि प्रतिष्ठानले आयोजना गरेको २ वटा कार्यक्रमको औपचारिक कार्यतालिक लिएर विराटनगर आएकी पूर्वराष्ट्रपति भण्डारीका लागि कोशी प्रदेशमा रहँदा १८ वटा औपचारिक कार्यक्रमहरू तय भए ।

तर, विराटनगर बस्दा सबै कार्यक्रममा भने सहभागिता जनाउन भ्याइनन् । अनौपचारिक कार्यक्रम र भेटघाटको ताँतीले औपचारिक कार्यक्रम नै त्यागेर उनी काठमाडौं फर्किइन् ।

१५ गते हुने कार्यक्रम भए पनि एक दिनअगावै विराटनगर आएकी उनले भनेकी थिइन्, ‘मौसमले के गर्छ गर्छ ? एक दिन अगाडि नै जानु पर्छ भन्ने लाग्यो । आएपछि साथीहरूले भेटघाटको थुप्रै कार्यक्रम बनाए । हेरौँ कति ठाउँमा जान सकिन्छ ? ’ १५ गते यसो भनेकी भण्डारीलाई ७ दिनसम्म विराटनगर बसाइ होला भन्ने लागेको थिएन ।’

तर, एमालेका नेता कार्यकर्ता, एमाले छाडेर अन्य पार्टीमा गएका र स्वतन्त्ररूपमा बसेकाहरूले हौस्याएपछि उनले प्रदेशको बसाइ लम्ब्याएको उनी निकटहरूले बताएका छन् ।

भण्डारीको भेटघाटको कार्यतालिका बनाएका एक नेताले ७ दिनमा उनले १ हजार जनाभन्दा बढीसँग अनौपचारिकरूपमा भेट गरेको बताए । कतिपय नेतालाई भेट्न भण्डारीले इच्छा गरेकी थिइन् भने कतिपय भने आफ्नो इच्छाले भेट्न पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले विराटनगर बस्दा कहिले आफू खोपीमा मात्रै नबस्ने बताइन् भने पार्टी भनेको कमिटी टु कमिटी मात्रै नभएको भन्दै कमिटीमा बस्ने भन्दा बाहिर पनि पार्टीका नेता तथा कार्यकर्ताहरू रहेको सङ्केत गरिन ।

धेरै सुनिन् कम बोलिन्

विराटनगर बसाइका क्रममा पूर्वराष्ट्रपति भण्डारीले कम बोलिन् धेरै सुनिन् । उनलाई भेट्न आउनेहरू एमालेका पार्टी कमिटीमा ठाउँ नपाएकाहरू धेरै थिए । उनीहरूको भण्डारीसमक्ष गुनासो थियो पार्टीमा ठाउँ पाइएन । उनीहरूको गुनासोमा भण्डारी भन्ने गर्थिन् – सहनु पर्छ सबैको राम्रो हुन्छ ।

भेटमा सहभागी एक नेताले भने, ‘मैले सोधेँ–तपाईँ राजनीतिमा सक्रिय हुन लाग्नु भएको हो ? भन्दा उहाँको उल्टै प्रश्न थियो तपाईँ के भन्नु हुन्छ ?’

बुधबार वुद्धीजीवीहरूसँगको भेटमा उनले आफ्नो भेटघाटले काठमाडौंमा भुइँचालो आएको बताएकी थिइन् । भण्डारीले भनिन्, ‘भुइँचालो आए पनि मेरो अभियान रोकिँदैन । यो मेरो अभियान निरन्तर चलिरहन्छ ।’

उनले शिक्षा र स्वास्थ्य र देश निर्माण गर्ने अभियान भएको बताइन् । उनले भनिन्, पार्टीले कमिटीभन्दा बाहिर पनि रचनात्मक क्रियाकलाप गर्न सक्थ्यो ।शिक्षा स्वास्थ्य खेलकुदमा पार्टी कमिटीभन्दा बाहिर गएर रचनात्मक काम गरेको भए त्यो पार्टीलाई नै फाइदा पुग्थ्यो यो हुन सकेन ।

उनले आफू नेकपा एमालेमै हुर्किएर बढेर पार्टी उपाध्यक्ष हुँदै देशकै सर्वोच्च पदमा पुगेको भन्दै फेरी फर्किए नेकपा एमालेमै फर्किने पटक पटक बताइन् । हरेक भेटघाटमा उनले राजनीतिभन्दा टाढा नरहेको सन्देश दिइन् ।

गण्डकी र कोशी भ्रमण गरेर पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किन लागेको प्रष्ट सन्देश देशलाई दिएकी छन् । त्यतिमात्र होइन पूर्वराष्ट्रपति भण्डारीले एमालेबाहेक अन्य दलबाट समेत समर्थन हासिल गरिरहेकी छन् ।

राष्ट्रपतिबाट बिदा भएर शीतल निवास छाड्ने बेला उनले आयोजना गरेको रात्रिभोजमा शेरबहादुर देउवादेखि प्रचण्डसम्मले उनलाई सक्रिय राजनीतिमा फर्किन सुझाव दिएकै थिए । एमाले पंक्तिमा त उनको लोकप्रियता घटेको होइन बढिरहेकै छ ।

उनका पछिल्ला अभियान र अभिव्यक्तिले पनि एमालेको नेतृत्व लिनेगरी फर्किने लक्ष्य प्रष्ट देखिएको छ । तर, विद्या भण्डारीको एमालेमा पुनरागमन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रस्तावमा होस् भन्ने चाहना अधिकांशको देखिन्छ ।

पछिल्लो केन्द्रीय कमिटी बैठकका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री ओली चपली पुगेर भण्डारीलाई भेट गरेका थिए । त्यस भेटमा के कुराकानी भयो भन्ने दुवै पक्षले सार्वजनिक गरेका छैनन्, यद्यपि ओलीपछिको विकल्पका रूपमा एमाले र बाहिरको पंक्तिले पनि विद्या भण्डारीलाई हेर्न थालिसकेको छ ।

Tags: bidhya devi bhandari

Related Posts

cpn uml sunsari
समाचार

सुनसरी एमालेको जरा केन्द्रीत तीन महिने अभियान सुरु

by reporter
फाल्गुन ५, २०८१
0

इटहरी । नेकपा एमाले सुनसरीले पार्टीको संगठन सुदृढिकरण रणनीति जरा केन्द्रीत अभियानको सुरुवात गरेको छ...

dhanaraj gurung
अपराध

धनराज गुरुङ र ज्योतिलाई अमेरिकामा व्यवस्थापन गर्ने मोरङकी प्रज्ञा न्यौपानेमाथि पनि अनुसन्धानको माग

by reporter
फाल्गुन ४, २०८१
0

काठमाडौ । ललितपुरको मितेरी सहकारी संस्थाको १३ करोड रुपैयाँ अपचलनमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज...

inaruwa hospital
स्वास्थ्य

स्वास्थ्य विमा बोर्डले भुक्तानी नदिदा इनरुवा अस्पतालको सेवा प्रभावित

by reporter
माघ २५, २०८१
0

इनरुवा । स्वास्थ्य विमा बोर्डले लामो समयदेखि जिल्ला अस्पताल सुनसरी इनरुवाको बक्यौता विमाबापतको रकम भुक्तानी...

खोरेत रोग उन्मुलन अभियानका सुनसरीका सरोकारवालासँग अन्र्तक्रिया

माघ २५, २०८१
merijuna

देवानगञ्जबाट ठूलो परिमाणमा भारतीय सवारीसहित गाँजा बरामद

माघ २५, २०८१
Chief District Officer of Sunsari, Dharmendra Kumar Mishra

सुनसरीका सरकारी कार्यालयहरुमा सेवाग्राहीको सहज पहुँच पु¥याउने प्रजिअ मिश्रको प्रतिबद्धता

माघ २०, २०८१

Discussion about this post

ताजा समाचार

cpn uml sunsari

सुनसरी एमालेको जरा केन्द्रीत तीन महिने अभियान सुरु

फाल्गुन ५, २०८१
inaruwa-barah

कार्यसम्पादनमा सुनसरीमा वराहक्षेत्र र इनरुवा उत्कृष्ट, इटहरी सबैभन्दा कमजोर पालिका

फाल्गुन ५, २०८१
dhanaraj gurung

धनराज गुरुङ र ज्योतिलाई अमेरिकामा व्यवस्थापन गर्ने मोरङकी प्रज्ञा न्यौपानेमाथि पनि अनुसन्धानको माग

फाल्गुन ४, २०८१
karmachari union

कर्मचारी युनियन सुनसरीभित्र अधिवेशनको मुखमा विवाद

माघ २५, २०८१

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana