इनरुवा । । सूर्य नेपालले उत्पादन गरेको खुकुरी चुरोट सुनसरीको बजारमा अहिले भारतको विहारबाट आउने गरेको छ । विहारको एक कम्पनीले खुकुरी चुरोटको ठ्याक्कै नक्कली चुरोट बनाएर नेपाल पठाउन थालेपछि अहिले तस्करी हुन थालेको हो ।
नेपाली खुकुरी चुरोटको प्रति बट्टाको एमआरपी १३८ रुपैयाँ छ । तर, भारतको गोल्ड स्टेप टोबाको प्रालिले उत्पादन गरेको खुकुरी चुरोट पसलमा १ सय रुपैयाँमै पाइन्छ ।
सुनसरीका ग्रामिण बजारहरुमा अहिले सूर्य टोवाको कम्पनीको खुकुरी चुरोट सुनसरीको आधिकारिक विक्रेताको बाट एक दमै कम अर्डर हुन्छ । यहाँ भन्दा सस्तो मुल्यमा विहारबाट तस्करी भएर आउने ठ्याक्कै खुकुरी चुरोट पाइने भएपछि ब्यापारीहरुको रोजाईमा त्यो पर्दा सूर्य टोवाकोको उत्पादनको विक्रीमा गिरावट आएको हो ।
सुनसरीको देवानगञ्जका एक ब्यापारी भन्छन, ‘पसलमै ल्याईदिन्छन, यहाँभन्दा सस्तो हुँदा मुनाफा पनि बढी हुन्छ । अहिलेसम्म उपभोक्ताले पनि कुनै कम्प्लेन गरेका छैनन अनि किनकी महंगो खुकुरी चुरोट मगाउनु ?’
गोल्ड स्टेप टोबाको भारतको विहारस्थित मुजफ्फरपुर सहरको एक उद्योग हो । यस उद्योगले सूर्य नेपालका खुकुरी लगायत उत्पादनको नक्कल गरेर नेपालकै बजारमा अवैध रूपमा पठाउने गरेको छ ।
नेपालका निम्नमध्यम वर्गले अत्यधिक रुचाउने खुकुरी चुरोटजस्तै देखिने अर्को भारतीय चुरोटले मधेस प्रदेशका गाउँ सहर कब्जा गरेको छ ।
सूर्य नेपालको टिम यसअघि मुजफ्फरपुर पुगेर त्यहाँको प्रहरी प्रशासनलाई गुहारेर उद्योगमा छापा मार्न लगाए पनि नेपालमा अवैध रुपमा आउन रोकिएको छैन । छापा मारेको २–३ महिना चुरोट अवैधरुपमा नेपाल आउन बन्द भएकामा अहिले कुनै रोकावट छैन ।
मुजफ्फरपुरबाट खुकुरी चुरोटको नक्कली पाकेट मात्र नभई इन्डोनेसियाको ‘गुडामगरम’ र ‘ब्ल्याक’ तथा दुबईको ‘मन्ट भेरियस’ नामको चुरोट पनि नेपालका ठूला सहरका पसलमा पाइन्छन् । यी सबै चुरोट अवैधरूपमा ल्याइएका हुन् ।
इनरुवा ६ का वडा सदस्य कार्की प्रहरी नियन्त्रणमा
इनरुवा । इनरुवा ६ मधेसा खानेपानीका कर्मचारीमाथि कुटपीट गरेको अभियोगमा पक्राउ पुर्जी जारी भएका सोही...












Discussion about this post