सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित प्रस्तावित सिमा सुरक्षा गुल्म र इलाका प्रहरी कार्यालय भन्टावारीबाट खटिएको संयुक्त गस्ती टोलीले लागू औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश दत्त पाण्डेका अनुसार पक्राउ पर्नेहरूमा भारतको जिल्ला सुपौल, भिमनगरका नवी हुसैन र जिल्ला सप्तरी, राजविराजका खुर्सिद आलम रहेका छन्। उनीहरूलाई शंका लागेपछि जाँच गर्दा उनीहरूकै साथबाट करिब ०।५३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।
गस्ती टोलीले पक्राउ परेका दुबै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरीले सीमाक्षेत्रमा हालसालै लागुऔषध तस्करी र ओसारपसारका घटनामा वृद्धि देखिएपछि निगरानी कडा पारेको जनाएको छ। प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै निरन्तर संयुक्त गस्ती र अनुसन्धानका गतिविधि तीव्र पारेको बताएको छ।















Discussion about this post