Sunday, May 11, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

कोशी गाउँपालिकाको केन्द्र सार्न प्रदेश सरकारद्वारा संघीय सरकारलाई सिफारिस

यस्तो ठाँउमा बन्दैछ कोशी गाउँपालिका

by reporter
बैशाख २५, २०८२
koshi gaupalika

koshi gaupalika

0
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिकाको प्रशासनिक केन्द्र हाल रहेको लौकही बजार क्षेत्रबाट सार्न कोशी प्रदेश सरकारले संघीय सरकार समक्ष सिफारिस गरेको छ ।

बुधवार बसेको कोशी प्रदेश सरकार मन्त्री परिषदको बैठकले कोशी गाउँपालिकाको केन्द्र सार्न सफारिस गरेको हो । कोशी गाउँपालिकाको सिफारिसका आधारमा प्रदेश सरकारले केन्द्र सार्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको कोशी सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

याेपनि

वराहक्षेत्र मन्दिर क्षेत्र र वस्ती क्षेत्रमा सप्तकोशीको कटान नियन्त्रणका लागि काम प्रारम्भ

वराहक्षेत्रमा मुन्धुम पदमार्गको शिलान्यास सम्पन्न

इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्दै

कोशी गाउँपालिकाको सबैभन्दा ठूलो बजार लौकही बजारमा पालिका विगत आठ वर्षदेखि भाडाको घरमा सञ्चालन भइरहेको छ । गाउँपालिकाले लौकही बजारभन्दा पश्चिमतर्फ करिब पौने एक किलोमिटर पर निःशुल्क जग्गा प्राप्त गर्ने अवसर पाएपछि पालिकाको केन्द्र सार्ने प्रक्रिया अघि बढाएको हो ।

जग्गा दाताहरुको प्रतिबद्धता आएपछि कोशी गाउँपालिकाले पालिकाको केन्द्र सार्न प्रदेश सरकारसँग आग्रह गरेकोमा प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पालिकाको केन्द्र बद्रिपुरमा सार्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष ऐयूब अन्सारीले जानकारी दिएअनुसार अहिलेको केन्द्र लौकही बजारभन्दा पश्चिममा अवस्थित बद्रिपुरमा पालिकाको नयाँ केन्द्र स्थापना गर्न लागिएको हो । उनले भने, ‘बद्रिपुरमा स्थानीयवासी अजिम मन्सुरी र उमेश साहले पालिकाको भवन निर्माणका लागि १० कट्ठा जग्गा निःशुल्क उपलब्ध गराउने प्रस्ताव गरेका छन् । सोही आधारमा हामीले प्रदेश सरकारलाई आग्रह गरेका हौ ।’

पालिकाको सिफारिस गरिएको नयाँ केन्द्र लौकही बजार भन्दा करिब पौने किलोमिटर पश्चिम राजा पोखरी र पशुपंक्षीको दाना उत्पादन गर्ने नेपालकै सबैभन्दा ठूलो उद्योगको बिच भागको पूर्व–पश्चिम राजमार्गबाट करिब एक सय मिटर उत्तरतर्फ अवस्थित रहेको छ ।

पालिकाले लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेकाले आफ्नै भवन निर्माण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको अध्यक्ष अन्सारीले बताए ।

निःशुल्क जग्गाको प्रस्ताव र स्थानको सुगमता हेर्दा यो निर्णयले गाउँपालिकाको प्रशासनिक कार्यमा सहजता ल्याउन सक्ने अपेक्षासहित निर्णय गरेका हौ, उनले भने, ‘ जग्गा प्राप्त भएपछि त्यहाँ पालिकाको केन्द्र सञ्चालन गर्ने गरी भवन निर्माणको काम सुरु गर्ने योजनामा हामी छौ ।’

यद्यपि, यो सिफारिसलाई संघीय सरकारले स्वीकृत गरेपछि मात्रै पालिकाको केन्द्र सराईको प्रक्रिया अन्तिम रूप लिनेछ ।

कोशी गाउँपालिकाको लौकही क्षेत्र पालिकाको पूर्वतर्फको सिमाना भएको र त्यसभन्दा पश्चिम पालिकाको ठूलो बस्ती र क्षेत्र रहेकोले सबैलाई सुगम हुने गरी पालिकाको नयाँ केन्द्र बनाउन लागिएको अन्सारीले दावी गरे ।

यद्यपि यस विषयलाई लिएर स्थानीयबासिन्दाहरुको भने मिश्रित प्रतिक्रिया रहेको देखिन्छ । केही अधिकांश भुगोल पश्चिमतर्फ रहेकोले केन्द्र लौकही उपयूक्त नभएको जिकिर गर्दै नयाँ बन्ने केन्द्रपनि सुगम भने नहुने धारण राख्छन भने केही लौकही बजार पालिका बासीहरुको मुख्य बजार रहेकोले बजार आउँदा नै पालिकाको काम हुने अवस्थाबाट अब पालिकाको काम गर्न र बजार आउन नागरिकहरुले अलग अलग समयको ब्यवस्थापन गर्नु पर्ने बाध्यता आइपरेको दावी गरेका छन । अर्का थरी भने अहिले बन्न लागेको केन्द्र पालिका अध्यक्ष अन्सारीको घर नजिक र उनले बनाएको नयाँ भवनको समेत नजिक रहेकोले आफ्नो ब्यक्तिगत फाइदाको हिसावले केन्द्र सार्न लागेको आरोप लगाएका छन ।

Tags: koshi gaunpalika

Related Posts

barahkshetra tatabandha
स्थानीय समाचार

वराहक्षेत्र मन्दिर क्षेत्र र वस्ती क्षेत्रमा सप्तकोशीको कटान नियन्त्रणका लागि काम प्रारम्भ

by reporter
बैशाख २८, २०८२
0

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित ऐतिहासिक र धार्मिक महत्वको स्थल वराहक्षेत्र मन्दिर...

mundhum pad marg
स्थानीय समाचार

वराहक्षेत्रमा मुन्धुम पदमार्गको शिलान्यास सम्पन्न

by reporter
बैशाख २२, २०८२
0

वराहक्षेत्र । कोशी प्रदेशको वराहक्षेत्र नगरपालिकामा पदमार्गमा आधारित पर्यटन विकास आयोजनाअन्तर्गत मुन्धुम पदमार्गको शिलान्यास आइतवार...

cpn uml sunsari
स्थानीय समाचार

इटहरीमा एमालेले बृहत जनजागरण सभा गर्दै

by reporter
चैत्र १९, २०८१
0

इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरी जिल्ला कमिटिले आज इटहरीमा बृहत जनजागरण सभा गर्दैछ...

bangur

सुनसरीको बंगुर फर्ममा स्वाइन फ्लुसँगै भाइरल रोगको प्रकोप

फाल्गुन २८, २०८१
Hikmat-Karki

प्रधानमन्त्रीले सम्बोधन गर्ने सभा बहिस्कार गर्ने विपक्षीको चेतावनीपछि छलफल गर्दै मुख्यमन्त्री

फाल्गुन २७, २०८१
sunsari police

सुनसरीमा आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ

फाल्गुन २३, २०८१

Discussion about this post

ताजा समाचार

arm force dig

सुरक्षा संवेदनशिलतामा सुनसरीको नेपाल–भारत सीमा

बैशाख २८, २०८२
barahkshetra tatabandha

वराहक्षेत्र मन्दिर क्षेत्र र वस्ती क्षेत्रमा सप्तकोशीको कटान नियन्त्रणका लागि काम प्रारम्भ

बैशाख २८, २०८२
inaruwa mun

शैक्षिक गुणस्तरमा इनरुवाका सामुदायिक विद्यालयहरु निजी विद्यालयलाई चुनौति दिदै

बैशाख २६, २०८२
suraksha gasti

सुनसरीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सर्तकता

बैशाख २६, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana