Wednesday, January 14, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

by reporter
पुस १७, २०८२
laukahi firing

laukahi firing

0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी बलको गोली लागेर मृत्यु भएका विजय साहको घटनाबारे सत्य तथ्य पत्ता लगाउन सात सदस्यीय छानबिन समिति गठन गरिने भएको छ । मृतक साहको मृत्यु र गोली प्रहार हुनुका कारण तथा त्यसबाट उत्पन्न परिस्थितिबारे गहन छानबिन गरी प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको हो ।
सहमति अनुसार छानबिन समितिमा नेपाल प्रहरीको प्रदेश कार्यालय तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि रहनेछन् । समितिले गठन भएको मितिले सात दिनभित्र मिश्रित प्रतिवेदन पेश गर्ने जनाइएको छ ।
छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सुरक्षाकर्मीको लापरबाहीका कारण मृत्यु भएको पुष्टि भएमा नियमानुसार राहत तथा क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरी पठाइने सहमति भएको छ ।
त्यसैगरी मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहल गर्ने र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको छ । साथै मृतकका छोराले सशस्त्र प्रहरी बलमा भर्ना हुने इच्छा व्यक्त गरेमा सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने उल्लेख गरिएको छ ।
सहमति अनुसार मृतक विजय साहको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गरिनेछ । पोस्टमार्टम पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने व्यवस्था मिलाइनेछ ।
घटनापछि स्थानीय स्तरमा उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला निकायबीच भएको सहमतिले मृतक परिवारलाई न्याय दिलाउने र घटनाको यथार्थ सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेको अध्यक्षमा भएको सर्वपक्षीय छलफलमा संविधान सभा सदस्य सविता यादव, प्रजिअ घिमिरेसहित ससशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, जिल्ला प्रहरी कार्याल्य सुनसरीका प्रहरी उपरिक्षक केशबकुमार थेवे, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर सुनसरीका सशस्त्र प्रहरी उपरिक्षक निर्मलकुमार थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ रिजर्भ गण सुनसरीका सशस्त्र प्रहरी उपरिक्षक किसन कर्माचार्य, शसस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी, पकलीका सशस्त्र प्रहरी नायब उपरिक्षक बालकृष्ण महार्जन, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उप अनुसन्धान निरीक्षक विमल घिमिरे, सेनानी सन्तोष विक्रम थापा, अनुसन्धान अधिकृत सविना खनाल, कोशी गाउँपालिका उपाध्यक्ष अनितादेबी यादव, कृषि शाखा प्रमुख सोनुकुमार यादव, कोशी वडा नम्बर २ का प्रतिनिधि रोहितकुमार यादव, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्रकुमार साह, भोक्राहा नरसिंहका पूर्व वडाध्यक्ष राजेश्वर प्रसाद साहसहित झण्डै दुई दर्जन स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Tags: laukahisunsari firing

Related Posts

police nirikshan, sunsari
अपराध

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

by reporter
मंसिर २५, २०८२
0

इनरुवा । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरे...

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या
अपराध

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

by reporter
मंसिर २३, २०८२
0

इनरुवा । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना...

suman thapa
अपराध

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

by reporter
कार्तिक १८, २०८२
0

इनरुवा । इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई इलाका प्रहरी कार्यालय...

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

कार्तिक ५, २०८२
parking kabja

सार्वजनिक पार्किक स्थल कब्जा गरेर ब्यापारिक कारोवार

अशोज २८, २०८२
Juwa, sunsari

लौकहीबाट जुवा खेलिरहेका ७ जना पक्राउ

अशोज २२, २०८२

Discussion about this post

ताजा समाचार

jhanda march

सशस्त्र प्रहरीको मेची–महाकाली झण्डा मार्चा सुनसरी आइपुग्यो

पुस २५, २०८२
gafar-ansari

हरिनगर गाउँपालिकाद्वारा शान्ति, सद्भाव र सामाजिक एकताका लागि अपिल

पुस २५, २०८२
laukahi firing

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

पुस १७, २०८२
artha mantri kedar bhandari

इनरुवा सभागृहको रोकिएको बजेट सात दिनभित्र फुकुवा हुने

पुस १४, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana