इनरुवा । इनरुवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई इलाका प्रहरी कार्यालय पकली सुनसरीले सवारी अङ्गभङ्ग मुद्दामा अदालत पेश गरेर अनुसन्धानको लागि सात दिनको समय लिएको छ ।
सुनसरी जिल्ला अदालतबाट गत साउन १६ गते वडाअध्यक्ष थापाका नाममा सवारी अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी प्रहरीको नजरबाट लुकिछिपी बस्दै आएका थिए ।
थापालाई प्रहरीले सवारी अंगभंग मुद्दामा म्याद थपका लागि आइतबार सुनसरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अनुसन्धान गर्न पहिलो पटक ७ दिनका लागि थुनामा राखेर अनुसन्धान गर्न माग राख्दै म्याद माग गरेको मिसिल सुनसरी जिल्ला अदालतमा लगेको थियो ।
सुनसरी जिल्ला अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले उक्त मुद्दाको अनुसन्धानका लागि इजलासबाट सात दिनको म्याद अदालतले दिएको जानकारी दिए ।
सुनसरी जिल्ला अदालत इनरूवाबाट २०८२ साउन १६ गते पक्राउ पुर्जी जारी भएपछि वडाअध्यक्ष थापा प्रहरीको नजरमा लुकिछिपि बस्दै आएका थिए ।
उनले रामधुनी नगरपालिका ३ नम्बर वडा स्थित बगैचा टोल सडकमा मोटरसाइकलमा सवार रहेकी देविका खनाललाई २०८१ फागुन २२ गते साँझको समयमा उनले चलाएको बा २१ च ६८८८ नम्बरको कारले ठक्कर दिएर घाइते बनाई भागेका थिए ।
वडाअध्यक्ष थापाले उनको सवारीसाधन लुकाई छिपाइ राखेको अवस्थामा प्रहरीले चारदिनपछि उनको नजिकै फेला पारेको थियो ।
सो पश्चात् उनी विरुद्ध किटानी जाहेरी दिएको भएपनि प्रहरीले सो दर्ता गर्न इन्कार गरेको थियो ।
सुरुमा दुर्घटना आफुले नगराएको भन्दै आएका थापालाई उच्च अदालत बिराटनगरको परमादेश पछि मुद्वा दर्ता गरिएको थियो ।
उच्च अदालत मार्फत परमादेशको आदेशको लागि मुद्दा गरेपछि मात्रै सो जाहेरी दर्ता भएपछि फरार रहेका थापा लामो समयसम्म लुकेर बसेका थिए । पीडित घाइतेकी दिदी गिता खनालले गम्भीर अवस्थामा रहेकी बहिनिको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुँदै गरेकोले उजुरी दिएकी थिइन ।
२०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलको पछाडि सवार रहेकी देविका खनाल गम्भीर घाइते भएकी थिइन ।
थापा विरुद्ध गत साउन १६ गते मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएपछि भदौ ८ गतेबाट वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक वडाअध्यक्षको जिम्मेवारी तोकेर हिंडेका थिए । त्यसयता उनी वडाको कामकाजमा फर्किएका थिएनन ।
घटना सम्वन्धमा वडा अध्यक्ष सुमन थापाले घाइतेको उपचार गरेको र सो क्रमलाई निरन्तरतामा राखेको बताउँदै आएका थिए । यद्यपी घाइते पक्षले भने थापाले राजनीतिक पहुँचका आडमा मुद्धालाई किनारामा पार्ने काम गरेको आरोप लगाउँदै आएको थियो । बिरामीको अवस्था जटिल बन्दै जाँदा समेत वेवास्ता गरेको आरोप लगाउँदै आएको थियो ।
घाइते पक्षले वडा अध्यक्ष थापालाई पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने माग सहितको दबाब सृजना गर्दै आएको थियो ।
तत्कालीन गृहमन्त्री रमेस लेखकको संरक्षण पाएकाले प्रहरीले उनलाई पक्राउ गरि सवारी अंगभंग मुद्दामा कानुनी कारवाही प्रक्रिया अगाडि बढाउन सकेको थिएन ।
सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन
इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी...















Discussion about this post