इनरुवा । सुनसरी सरदरमुकाम इनरुवा वडा नम्बर ४ बसचौकमा रहेको सार्वजनिक पार्किङ्ग स्थललाई कब्जा गरेर स्थानीय एक अटोमोवाइल ब्यवसायीले ब्यापार गर्दा स्थानीय प्रशासन र सरकार भने दुधको साक्षी विरालो जस्तो बनेका छन ।
इनरुवा ४ मा रहेको अन्सारी अटोमोवाइल ( मोटरसाईकल सोरुम) ले बजाज कम्पनीको मोटरसाईकलको एक्सचेन्ज अफरसहित सार्वजनिक पार्किङ्ग स्थल पुरै कब्जा गरेर मोटरसाईकलको कारोवार गरिरहेका छन ।
इनरुवाको बसचोकमा जाने सिटी रिक्सा, टेम्पोसहित भाडाका सवारी साधनको एकमात्रै पार्किङ्ग स्थल रहेको सो क्षेत्रमा इनरुवाबाट प्रकाशपुर जाने सवारी साधनहरुले समेत यात्रु बोक्न र सवारी पार्किङ्ग गर्न प्रयोग गर्दै आएका छन । त्यस्तो महत्वपूर्ण स्थललाई ब्यापारीले वडा कार्यालय, इनरुवा नगरपालिका र जिल्ला प्रशासन कार्यालय समेतलाई प्रभाव पारेर आइतवारदेखि नै पुरै घेरेर आगामि छठसम्मको लागि मेलाको आयोजना गरिरहेका छन ।
यसरी एक ब्यापारीले आफ्नो निजी कारोवारको लागि पार्किङ्ग स्थल कब्जा गरेपछि यात्रुबाहक सवारी साधनहरु भने अहिले ब्यस्त सडकमा पार्किङ्ग गर्नु परेको छ । जसका कारण जाम हुँदा बसचोकबाट इनरुवा बजार जाने सडक जाम मात्रै भएको छैन त्यहाँ दुर्घटनाको जोखिम समेत बढाएको छ ।
उनले वडा कार्यालय, इनरुवा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई प्रभावमा पारेर छठसम्मको अनुमति लिएका छन । सोमबार साँझ स्थानीयले विरोध गर्दा समेत प्रहरी र इनरुवा नगरपालिकाले उनलाई सार्वजनिक पार्किङ्ग स्थलबाट हटाउन कुनै चासो देखाएको छैन ।
इनरुवाका जनप्रतिनिधिसमेत रहेका प्रदिप ढकाल ब्यापारीलाई हप्तौसम्म पार्किङ्ग कब्जा गरेर स्थानीय प्रशासन र सरकारले सार्वजनिक पार्किङ्ग स्थलमा ब्यापारीक कारोवार गर्न दिनु उचित नभएको भन्दै यसले त्यस क्षेत्रको ट्राफिक ब्यवस्थालाई अस्तब्यस्त बनाएर दुर्घटनाको जोखिम बढाएको बताए ।
उनले भने, ‘ एक दिनका लागि कसैले आफ्नो बस्तु प्रर्दशन गर्छ थोरै ठाँउमा भने दिन सकिन्छ तर पुरै ठाँउ नै कब्जा गरेर हप्तौ यस्तो गर्न अनुमति दिनु स्थानीय सरकार र प्रशासनको नाकामी हो ।’ ढकालले तत्काल अनुमति फिर्ता लिएर त्यस क्षेत्रको अवस्थालाई सहज बनाउनु पर्ने बताए ।
स्थानीय कृष्ण श्रेष्ठ पनि अनुमतिको नाममा सार्वजनिक पार्किङ्ग स्थल लामो समय कब्जा गर्न दिनु उचित नभएको र यसले यो क्षेत्रको सडकसहित अन्य ब्यापारीलाई समेत समस्यामा पारेको बताए ।
स्थानीयको विरोधपछि इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले आफूहरुले पुरै पार्किङ्ग स्थल छेकेर कारोवार गर्न कुनै अनुमति नदिएको भन्दै यदि त्यस्तो गरेको भए अनुमति खारेज गरिदिने बताए ।
यद्यपि मंगलबार बेलुकासम्म अन्सारी अटोमोवाईलले आफ्नो कारोवार निर्वाध गरिरहेको छ । मेयरले सो क्षेत्रको अनुगमन समेत नगरेकोले स्थानीयहरु ब्यापारीसँग साँठगाँठ रहेको आशंका ब्यक्त गर्न थालेका छन ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्रले आफूहरुले पार्किङ कार्यलाई प्रभावित नपारी थोरै मात्रै ठाँउमा प्रर्दशनी गर्न भनेर अनुमति दिएको बताउँदै सबै ठाँउ ओगटेर पार्किङ्लाई प्रभावित पारेको विषयमा अनुगमन गरेर प्रहरीले कारवाही गर्ने बताए ।
तर सो स्थानमा डीएसपी योगराज खतिवडा नेतृत्वको टोली अनुगमनमा आएपनि कुनै कारवाही नगरी मोटरसाईकलको मुल्य सोध्दै फर्किएका थिए । त्यसपछि स्थानीयहरु आक्रोसित हुँदै कब्जा मुक्त गर्न दवाव दिएका थिए ।
मेयर भण्डारी र प्रजिअ मिश्रले सार्वजनिक पार्किङ्ग स्थल कब्जा हुन नदिने बताइरहेपनि अन्सारी अटोमोवाइल भने निर्धक्क रुपमा आफ्नो कारोवार सञ्चालन गरिरहेको छ । यो घटनालाई स्थानीयहरु दुबै निकायले नागरिकहरुसँग एक कुरा र ब्यापारीसँग अर्को ब्यवहार गरेर दुधको साक्षी विरालो जस्तो बनेको गुनासो गरेका छन ।
सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन
इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी...















Discussion about this post