Wednesday, January 7, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

वैदेशिक रोजगार ठगी नियन्त्रणमा सुनसरीको नयाँ कदम

by reporter
जेष्ठ ७, २०८२
sunsari-jilla-prasasan-karyalaya
0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

इनरुवा । वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्याका आधारमा सुनसरी जिल्ला देशभरिमा नवौं तथा कोशी प्रदेशमा तेस्रो स्थानमा पर्दछ । रोजगारीको खोजीमा विदेशिनेको संख्या बढेसँगै ठगीमा पर्ने जोखिमसमेत बढिरहेको छ । यही संवेदनशीलतालाई मध्यनजर गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालयमा वैदेशिक रोजगार ठगी नियन्त्रण शाखा संचालन गरिएको छ ।
उक्त शाखा यस आर्थिक वर्षको चैत्र महिनादेखि औपचारिक रूपमा संचालनमा आएको हो । शाखाको सञ्चालनमा सेफर माइग्रेसन (सामी परियोजना) ले प्रत्यक्ष सहयोग गर्दै आएको छ, जसअन्तर्गत श्रोत केन्द्रका परामर्शकर्तामार्फत पीडितलाई आवश्यक सहयोग प्रदान गरिँदै आएको छ ।
शाखाका प्रमुख भगवान दाहालका अनुसार हालसम्म शाखामा कुल ९९६ वटा ठगी सम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ७५ वटा मुद्दामा मेलमिलाप प्रक्रियाबाट समाधान गरिनुका साथै ठगिएका पीडितलाई पैसा फिर्ता गराउने कार्यसमेत सम्पन्न भएको छ ।
शाखाको स्थापना पछि पीडितहरुले सहज रूपमा उजुरी दर्ता गर्न पाएका छन् भने सुसूचित परामर्श तथा कानुनी सहायताले ठगीको जोखिम न्यूनीकरणमा सहयोग पुगेको देखिन्छ ।
वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई सुरक्षित र जानकारीमूलक निर्णय लिन सघाउने उद्देश्यले शाखाले सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
शाखाका अनुसार भविष्यमा थप स्रोत साधन, दक्ष जनशक्ति तथा प्रविधिको सहायताले पीडितमैत्री सेवा प्रवाह अझ प्रभावकारी बनाइने लक्ष्य रहेको छ।
सुनसरी जिल्लामा सामी परियोजनाले पनि केही पालिकाहरुमार्फत बैदेशिक रोजगारीमा जानेहरुका लागि प्राविधिक तालिम, प्रतिबद्धताअनुसारको रोजगारी नपाएको अवस्थामा उनीहरुको रोजगारीको सुनिश्चितता, ठगिएकोमा कारवाही र असुली, मृत्यूपश्चात शब फिर्ता र क्षतिपूर्ति लगायतको विषयमा काम गरिरहेको छ । सामी परियोजनाले विदेशबाट आउने पैसाको ब्यवस्थापनसहित बैदेशिक रोजगारमा गएकाको परिवारमा देखिएको मानसिक समस्या जस्ता विषयमा पनि काम गरिरहेको छ ।
इनरुवा नगरपालिकामा सामी परियोजनाका कार्यक्रम अधिकृत धिरज भट्टराई सामी परियोजनाले बैदेशिक रोजगारमा जानेहरुको समस्या समाधानको लागि गाउँगाउँमा कार्यकर्ताहरु परिचालन गरेर काम गरिरहेको जानकारी दिदै परियोजनाकै उपलब्धीको रुपमा धेरै सुनसरीबासीले बैदेशिक रोजगारीको क्रममा उत्पन्न हुने धेरै समस्याबाट राहत पाएको दावी गरे ।
अझै जिल्ला प्रशासन कार्यालयमा नै यस्तो शाखा बनाएर काम थाल्दा त्यसले अझै बैदेशिक रोजगारीको क्रममा उत्पन्न हुने समस्या समाधानमा सहयोग गरेको बताए ।

Tags: sami

Related Posts

laukahi firing
अपराध

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

by reporter
पुस १७, २०८२
0

इनरुवा । सुनसरीको कोशी गाउापालिका वडा नम्बर १ लौकहीको नेपाल भारत सीमा नजिक सशस्त्र प्रहरी...

police nirikshan, sunsari
अपराध

डीआईजी घिमिरेद्वारा कडाइका साथ सेवा प्रवाह गर्न सुनसरी प्रहरीलाई निर्देशन

by reporter
मंसिर २५, २०८२
0

इनरुवा । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिनोद घिमिरे...

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या
अपराध

सफारी चालकको हत्या गर्न ६ लाखको डिल, ३ लाख सुपारी लिएर हत्या

by reporter
मंसिर २३, २०८२
0

इनरुवा । सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना...

suman thapa

दुर्घटना गरेर फरार इनरुवा ६ का वडा अध्यक्ष थापाद्धारा आत्मसर्पण्

कार्तिक १८, २०८२
सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सुनसरीको भन्टावारीमा ०.५३० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

कार्तिक ५, २०८२
parking kabja

सार्वजनिक पार्किक स्थल कब्जा गरेर ब्यापारिक कारोवार

अशोज २८, २०८२

Discussion about this post

ताजा समाचार

laukahi firing

सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साह प्रकरणमा छानबिन समिति गठन

पुस १७, २०८२
artha mantri kedar bhandari

इनरुवा सभागृहको रोकिएको बजेट सात दिनभित्र फुकुवा हुने

पुस १४, २०८२
sanjaya aub

सुनसरी कांग्रेस सभापतिमा संस्थापन पक्षबाट संजय श्रेष्ठ र ऐयूब अन्सारीको दावी

पुस ५, २०८२
aub ansari

स्वच्छ राजनीतिमा टिकेकै मानिसको घर खरानी— तीन महिनापछिको ऐयूब अन्सारीको पीडा

मंसिर २५, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana