Thursday, March 26, 2026
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

कार्यसम्पादनमा सुनसरीमा वराहक्षेत्र र इनरुवा उत्कृष्ट, इटहरी सबैभन्दा कमजोर पालिका

by reporter
फाल्गुन ५, २०८१
inaruwa-barah

inaruwa-barah

0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीका १२ वटा पालिका मध्ये कार्यसम्पादन मूल्यांकनको आधारमा वराहक्षेत्र नगरपालिका र सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका पहिलो र दोस्रो स्थानमा रहँदै सर्वोत्कृष्ट बनेका छन भने इटहरी सबैभन्दा कमजोर पालिका बनेको छ ।

कार्यसम्पादनमा सुनसरीको कान्छो नगरपालिका वराहक्षेत्र जिल्लाकै सर्वोत्कृष्ट बनेको हो भने सदरमुकाम रहेको इनरुवा दोस्रो बनेको हो ।

याेपनि

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की ः परम्परागत गढ, विकासको दाबी र ह्याट्रिक रणनीति

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्यांकन गरेर नतिजा प्रकाशन गरेको हो ।

सुनसरीका १२ वटा पालिका मध्ये कार्यसम्पादन मूल्यांकनको आधारमा वराहक्षेत्र नगरपालिका पछि इनरुवा नगरपालिकाले ६१.४ प्रतिशत अंक हात पारेको छ । विगतको मुल्यांकनमा निक्कै पछि पर्दै आएको इनरुवाले पहिलो पटक छलाङ मारेको हो । यसलाई इनरुवा नगरपालिकाले आफ्नो कार्य प्रगति र कार्यक्षमताको स्तारोन्नतीको रुपमा लिएको छ ।

इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले नगरपालिकाको जनप्रतिनिधिहरुको पछिल्लो नेतृत्वले नगरपालिकाको कार्यशैली, क्षमता र जनताको अपनत्व हुने गरी योजना निर्माण लगायतका कामहरुमा आमुल सुधार गर्दै विकसित इनरुवा बनाउने अभियानलाई अगाडि बढाएको परिणाम छोटो समयमा इनरुवा नगरपालिकाले मुल्यांकनमा छलाङ मारेको दावी गरे ।

त्यस्तै हरिनगर गाउँपालिकाले ५८ प्रतिशत अंकसहित तेस्रो स्थानमा छन भने धरान उपमहानगरपालिका ५६.३ प्रतिशत अकंसँगै चौथो स्थानमा छन । त्यसपछि क्रमसः रामधुनी नगरपालिकाले ४९.१ प्रतिशत, भोक्राहा नर्सिङ गाउँपालिकाले ४५.९ प्रतिशत, दुहबी नगरपालिकाले ४५.५ प्रतिशत, बर्जू गाउँपालिकाले ४४ प्रतिशत, गढी गाउँपालिकाले ४२.२ प्रतिशत, कोशी गाउँपालिकाले ४१.३ प्रतिशत, देवानगञ्ज गाउँपालिकाले ४०.९ प्रतिशत र इटहरी उपमहानगरपालिकाले ३९.७ प्रतिशत अंक प्राप्त गरेका छन् ।

कार्यसम्पादन मूल्यांकनको प्राप्तांक अनुसार इटहरी उपमहानगरपालिका सुनसरीभरीमै सबैभन्दा कमजोर पालिका बनेको छ । इनरुवा नगरपालिकाको करिब आठ वर्षको इतिहासमा कार्यसम्पादन मूल्यांकनको नतिजामा छलाङ मारेको हो । यसअघि इनरुवा नगरपालिकाको प्रर्दशन मध्यमस्तरको रहँदै आएको थियो ।

Tags: inaruwa mun

Related Posts

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप
मुख्य समाचार

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

by reporter
चैत्र १, २०८२
0

सुनसरी । सामाजिक सञ्जाल फेसबुकमा हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीको नाम जोडेर गरिएको एक पोस्टपछि...

Bus-ma-aaglagi-dharan
मुख्य समाचार

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

by reporter
फाल्गुन २७, २०८२
0

धरान । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएको छ । मंगलबार राति...

gyanendra bahadur karki
मुख्य समाचार

सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्की ः परम्परागत गढ, विकासको दाबी र ह्याट्रिक रणनीति

by reporter
फाल्गुन १४, २०८२
0

शशी कोइराला, इनरुवा । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा यसपटकको प्रतिस्पर्धा रोचक बन्दै...

ikbal ahamad

न नाराबाजी, न जुलुस — चुल्होछेउबाट सुरु भएको सुनसरी–२ को फरक चुनाव

फाल्गुन १४, २०८२
shrilanka-tappu-basi

श्रीलङ्का टप्पुवासीको आक्रोशः “पटक पटक जितायौँ, तर हामीले के पायौँ?”

माघ २६, २०८२
sujan-dwarik

सुनसरी २ मा चुनावी कमाण्डर फेरेर आक्रामक चुनावी मैदानमा एमाले

माघ १७, २०८२

Discussion about this post

ताजा समाचार

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

बिहारमा अकुत सम्पत्ति प्रकरण ः सुनसरीसम्म फैलिएको ‘कनेक्सन’

चैत्र ५, २०८२
हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

हरिनगर गाउँपालिका अध्यक्षविरुद्ध सामाजिक सञ्जालमा आरोप

चैत्र १, २०८२
rakcha rai chunabi kharcha

सुनसरी १ मा उठेका रक्षकुमारको साढे ४० हजार चुनावी खर्च

फाल्गुन २७, २०८२
Bus-ma-aaglagi-dharan

धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

फाल्गुन २७, २०८२

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana