Tuesday, January 7, 2025
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य
No Result
View All Result
koshihotline

संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने कोशी सरकारको निर्णय

by शशि काेइराला
पुस १९, २०८१
cooperatives

Koshi government decides to form a committee to manage distressed cooperatives

0
SHARES
Share on FacebookShare on Twitter

याेपनि

धरानबाट लागुऔषध सहित ५ जना पक्राउ

कोशीमा सार्वजनिक सवारी साधन चालकको गंभिर लापरवाही

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

सुनसरी । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्ने र त्यसको काम कर्तव्य तथा अधिकार टुंग्याउने गरी निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितका १० वटा निर्णय गरेको बताए ।
गत ४ कात्तिकमा प्रदेश सरकारले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ मार्फत प्रदेश सहकारी ऐन २०७६ संशोधन गरेको थियो ।
संशोधनमा ‘कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि छुट्टै समिति बनाउने’ उल्लेख थियो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष कानुन क्षेत्रमा १० वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ ।
समितिको सदस्यमा सहकारी क्षेत्रमा १० वर्ष काम गरेका एक जना, प्रशासन वा सुरक्षा वा अनुसन्धान क्षेत्रका एक जना, लेखा विशेषज्ञहरू मध्येबाट १ जना सदस्य हुनेछन् ।
प्रदेश सरकारले तोकेको सातौं र आठौं तहका एक जना अधिकृत सदस्य सचिव रहने प्रावधान छ । अध्यादेश जारी भएको दुई महिनापछि सरकारले समिति गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै कोशी प्रदेश वन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रूपमा पेश गर्ने निर्णय गरेको छ ।
पाथीभारा क्षेत्र विकास समिति, वृहत् बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने र कृषि सहकारी मन्त्रालयबाट प्राप्त भएको कृषि कर्जा व्याज अनुदान सम्बन्धी कार्यविधिलाई स्वीकृत गर्ने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए ।

Tags: crisis of cooperatives

Related Posts

adict
अपराध

धरानबाट लागुऔषध सहित ५ जना पक्राउ

by शशि काेइराला
पुस २३, २०८१
0

धरान । सुनसरी धरानबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । आइतबार धरान उपमहानगरपालिका...

कोशीमा सार्वजनिक सवारी साधन चालकको गंभिर लापरवाही
अपराध

कोशीमा सार्वजनिक सवारी साधन चालकको गंभिर लापरवाही

by शशि काेइराला
पुस १९, २०८१
0

सुनसरी । कोशी प्रदेशको सडकमा सवारी साधन दुर्घटना बढ्दो क्रममा रहँदा यात्रुको सुरक्षाका लागि टाइमकार्डसहित...

dig rajan adhikari
समाचार

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण

by शशि काेइराला
पुस १८, २०८१
0

उदयपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले बुधवार जिल्ला प्रहरी कार्यालय...

balbalika nango

बालिका अर्धनग्न भएको भिडियो क्रिशमसको नभई अभिभावक दिवसको भएको खुलासा

पुस १८, २०८१
drugs

लागुऔषध सहित ९ जना पक्राउ

पुस १७, २०८१

Discussion about this post

ताजा समाचार

ciment pricr in nepal

मूल्यवृद्धि फिर्ता नलिए सिमेन्ट अर्डर नगर्ने र बाटोमै गाडी रोक्ने सुनसरीका हार्डवेयर व्यवसायीको चेतावनी

पुस २३, २०८१
traffice

दुर्घटना रोक्न सुनसरीमा ट्राफिकले बढायो लापसे चेक

पुस २३, २०८१
adict

धरानबाट लागुऔषध सहित ५ जना पक्राउ

पुस २३, २०८१
koshi provience

कोशी सरकारले गर्ने लगानी सम्मेलन अनिश्चित

पुस २३, २०८१

हामी
ए.एस‍.के‍. मिडिया प्रा.लि.द्वारा सञ्चालित यस कोशीहटलाइन डटकमले स्थानीयसहित पूर्वी नेपालका समाचारलाई प्राथामिकतामा राख्दै समाज र राज्यप्रतिको उत्तरदायित्व पुरा गर्ने र बेतिथी भ्रष्ट्राचारविरुद्ध सदैव कलम चलाउने उद्देश्यले पछिल्लो समयको लोकप्रीय र प्रभावकारी मिडिया 'अनलाइन मिडिया' सञ्चालनमा ल्याएका छौं ।

सम्पर्क
ठेगाना : इनरुवा १, सुनसरी
इमेल : hotlinekoshi@gmail.com
मोबाइल नम्बर : ९८४२१९५२४३, ९८४२०६०३०५

हाम्रो टिम
अध्यक्ष/सञ्चालक : अमर काफ्ले
सम्पादक : शशि काेइराला
बजार व्यवस्थापक : राजकुमार परियार
सूचना विभाग दर्ता नं. : ३९०८-२०७९-०८०
प्रेस काउन्सिल सूचीकृत नं. : ३८९६-२०७९-०८०

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • अर्थ
  • कला
  • खेलकुद
  • अन्य
    • अपराध
    • स्वास्थ्य

© Koshihotline Media Pvt. Ltd 2024 ।। Website Design By : IT Karkhana